मुगु जिल्ला घर भई हालद महाँकाल गाउँपालिका–४, कालेश्वर बस्दै आएकी २१ महिनाकी छोरी राधिका शर्मालाई झुण्ड्याएर हत्या गरी २९ वर्षीया ज्ञानी शर्माले ०७६ जेठ २२ गते आत्महत्या गरेकी छिन ।
भारत माइती भइ मुगु जिल्लाका रामु शर्मासँग विवाह गरेकी शर्मा ६ महिनादेखि कालेश्वरमा बस्दै आएकी थिइन् ।
शर्माका पति रामु २ महिना अघिदेखि अर्कै महिला लिएर सम्पर्कमा नआएपछि ज्ञानीले निराशभावका कुरा गर्ने गरेको स्थानीयले बताएका छन् ।
उनले ०७६ जेठ २२ गते बिहान पनि कालेश्वरस्थित बतासेडाँडामा बसेर मोबाइल फोनबाट निराशाका कुरा गरेको सुनेको स्थानीयलाई उद्घृत गर्दै महानगरीय प्रहरी बृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुले बताए ।
मृतकका पति रामु शर्मा मुगुबाट महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुरका प्रहरीको सम्पर्कमा आएको डिएसपी खिउजुले बताए ।
स्थानीय जनप्रतिनिधि र भद्रभलाद्मीको रोहबरमा मुचुल्का गरी मृतकद्वयको शव जेठ २३ गते पाटन अस्पतालमा ल्याइएको छ । शवको पोष्टमार्टम गर्न बाँकी रहेको प्रहरीले जनायो ।