INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश जिल्ला रामपुर तहशिल सहारा स्थायी घर भई जाजरकोटमा व्यवसाय गर्दै आएका ४० वर्षीय सलिम गुड्डु खानलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तको होटलमा बस्दै आएका आरोपित खानले जेठ १८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका आफन्तले जेठ १९ गते जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी श्यामबहादुर खत्रीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १९ गते जिल्ला अस्पताल, जाजरकोटमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो