फुङलिङ नगरपालिका–६ स्थित श्री बाजोगरा आधारभुत विद्यालयका विद्यार्थी जीर्ण भवनमा पठनपाठन गर्न बाध्य छन् ।
कक्षा–१ देखि ७ सम्म पठनपाठन हुने विद्यालयका करिब १ सय ५० जना विद्यार्थी जीर्ण भवनमा पढ्न बाध्य भएका हुन् ।
०६८ असोज १ गतेको भुकम्प र ०७२ वैशाख १२ गतेको भुकम्पको धक्काले भवन चर्किएको मात्र छैन, लड्छ कि भन्ने खालको छ ।
विद्यालयका प्रधानाध्यापक खडग थापाका अनुसार सम्बन्धित कार्यालय र जनप्रतिनिधिलाई जीर्ण भवनबारे अवगत गराइएको छ ।
फुङलिङ नगरपालिका–६ का स्थानीय डिल्लीराम गुरुङले विद्यार्थीमा मनोवैज्ञानिक त्रास उत्पन्न हुने भएकाले सो तर्फ ध्यान दिनुपर्ने बताए ।
