INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

विराटनगर महानगरपालिका–१० की २३ वर्षीया शिखा घिमिरेको हत्या गरेको आरोपमा ३० वर्षीय पति दिनेश भट्टराईलाई जिल्ला अदालत मोरङले जेठ १५ गते जन्मकैदको फैसला गरेको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले जिवित रहेसम्म जन्मकैदको  फैसला गरेको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए ।

दिनेशले ०७५ भदौ १ गते ग्रामथान गाउँपालिका–३ स्थित बाटोमा धारिलो हतियार प्रहार गरी शिखाको हत्या गरेका थिए ।

हत्या हुँदै गरेको देखेका गाउँलेहरुले बाटो छेकेर दिनेशलाई नियन्त्रणमा लिन सफल भएका थिए । प्रहरीले अनुसन्धानपछि अदालतमा पेश गरेकोमा जिल्ला अदालतले भदौ २७ गते पुर्पक्षमा राख्न आदेश दिएको थियो । शवको पोष्टमार्टम भदौ १ गते कोशी अञ्चल अस्पताल विराटनगरमा भएको  थियो ।

अन्य

भिडियो