INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला गोकुलगङ्गा गाउँपालिका–४ घर भई ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१३, कुसुन्ती बस्ने ३८ वर्षीय नेत्रबहादुर कार्कीलाई जेठ १२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई जनआवाज मिडिया हब प्रालिका सञ्चालक समेत रहेका कार्कीले जनआवाज मिडिया हब प्रालिको कार्यालयमा नै जेठ ३ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडित महिलाले आरोपितविरूद्ध जेठ ९ गते महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको डिएसपी नारायण चिमौरियाले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ९ गते पाटन अस्पताल, ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो