११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा खप्तड छेडेदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय अम्मर धामीलाई प्रहरीले जेठ ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई जेठ ८ गते यौन दुर्व्यवहार गरिएको भन्दै बालिकाका अभिभावकले जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी उद्धवसिंह भाटले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा गरिएको छ ।