INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्रकारमाथि कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

सुर्खेतबाट प्रकाशित हुने लोकमञ्च दैनिकका संवाददाता वीरेन्द्रनगर नपा–१० बस्ने २७ वर्षीय पुनम विसीलाई कुटपिट गरेको भन्दै वीरेन्द्रनगर नपा–१० का ३३ वर्षीय जनक राजी र ३५ वर्षीय नरबहादुर गुरुङविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा जेठ १ गते उजुरी दिएका छन् ।

Photo20190515Surkhet02

वीरेन्द्रनगर नपा–१० स्थित एक होटलमा परिवार सहित जन्मदिन मनाइरहेका पत्रकार विसीलाई मदिरा सेवन गरी कुटपिट गर्ने राजी र गुरुङ्गलाई प्रहरीले जेठ १ गते गिरफ्तार गरेको छ ।

जन्मदिन मनाएर घर फर्कने क्रममा होटेलको काउन्टरमा आएर रकम तिर्न लाग्दा मदिरा सेवन गरेका राजी र गुरुङले पत्रकार विसीलाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट पत्रकार विसीको टाउको र दाहिने हातको कुइनोमा गम्भीर चोट लागेका कारण उनको उपचार स्थानीय देउती नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले राजी र गुरुङ्गले प्रयोग गरेको भे ८ प ७७५५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकललाई आधार मानेर घटनामा संलग्न दुवैलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

अन्य

भिडियो