१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–२ ठोकर्पा सिम्लेका ४२ वर्षीय लोकबहादुर जिसीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २३ गते यौन दुर्व्यवहार गरेको र पीडित बालिकाले आरोपितसँग प्रतिकार गर्ने क्रममा बालिकाको छातिलगायत शरीरका विभिन्न अङ्गमा चोटपटक लागेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
उक्त उजुरीको आधारमा आरोपितलाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरिएको डिएसपी काफ्लेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार वैशाख २४ गते चौतारा अस्पतालमा गरिएको प्रहरीले जनायो ।