१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–९ का ३० वर्षीय केदार परियारलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको पीडित बालिकाको आमाले बताइन् । पीडित बालिकाको आमाले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २२ गते उजुरी दर्ता गराएकी छन् ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर सन्तोष पाठकले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २२ गते नै चन्द्रनिगाहपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।