INSEC Online

📅 २०८३ जेष्ठ २१

सञ्चारकर्मीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

पाटन नगरपालिका–३ निवासी दिनेश एफएममा कार्यरत २३ वर्षीय पत्रकार जनक विष्टलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उमनपा—४ निवासी व्यापारी तेजेन्द्र थापालाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।

धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविको सटर भाडामा दिएको विषयमा वैशाख २२ गते रिपोर्टिङ गर्न प्रधानाध्यापकको कार्यकक्षमा गएको बेला आफूलाई थापाले कुटपिट गरेको पत्रकार विष्टले बताए ।

पत्रकार विष्टले वैशाख २२ गते प्रहरीमा उजुरी दिएलगतै आरोपित थापालाई गिरफ्तार गरी अनुसन्धान  थालिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।

घाइते पत्रकार विष्टको स्वस्थ्य उपचार वैशाख २२ गते नै सेती अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो