पाटन नगरपालिका–३ निवासी दिनेश एफएममा कार्यरत २३ वर्षीय पत्रकार जनक विष्टलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उमनपा—४ निवासी व्यापारी तेजेन्द्र थापालाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।
धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविको सटर भाडामा दिएको विषयमा वैशाख २२ गते रिपोर्टिङ गर्न प्रधानाध्यापकको कार्यकक्षमा गएको बेला आफूलाई थापाले कुटपिट गरेको पत्रकार विष्टले बताए ।
पत्रकार विष्टले वैशाख २२ गते प्रहरीमा उजुरी दिएलगतै आरोपित थापालाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताए ।
घाइते पत्रकार विष्टको स्वस्थ्य उपचार वैशाख २२ गते नै सेती अञ्चल अस्पतालमा गरिएको छ ।