सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न निगरानी समूहले ज्ञापनपत्र बुझाएको छ । इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूहले कृषि सेवा, पशु सेवा तथा खाध्य अधिकारका समस्याहरू कार्यान्वयनका र सेवा प्रभावकारी बनाउन माग गर्दै वैशाख १५ गते बुद्धभूमि नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो ।
मानव अधिकार निगरानी समूह बुड्ढीले कृषि तथा पशु सेवा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउनुका साथै कार्यालयबाट प्रवाह गरिने सेवा सुविधाका विषयमा छलफल गरेका थिए ।
नगरपालिकाले कृषकका लागि वितरण गरिने बिउ, मल समयमा उपलब्ध नगराउने तथा किसानले खेती गरिसके छि वितरण गर्ने तथा पहँुचका आधारमा वितरण गर्ने परिपाटीको अन्त्य गर्दै समयमा मल बिउ उपलब्ध गराउनु पर्ने र वितरणको मापदण्ड निर्माण गरी लक्षित समुदायमा पु¥याउन आग्रह गरेका थिए ।
त्यसैगरी कार्यालयमा नागरिक वडा पत्र राख्नुपर्ने, कार्यक्रमहरूमा पारदर्शिता हुनुपर्ने, बजार अनुगमन गर्नुपर्ने, लगायका विषयमा मागहरू गरेका थिए ।
कृषि शाखाका प्रतिनिधि कनौयाप्रसाद थारुले ज्ञापनपत्रमा उल्लेखित समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै केही कमी कमजोरी भएका र त्यसलाई सुधार गरेर जाने प्रतिबद्धता जनाए ।
यसैगरी पशु सेवा प्रतिनिधि खिमबहादुर टण्डनले निगरानी समूहले उठान गरेका विषयवस्तु सान्दर्भिक रहेको भन्दै नागरिक वडापत्र राख्नु पर्ने आफूलाई पनि महसुस भएको बताए ।
