१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वैशाख १५ गते रतुवामाई नगरपालिका– ७ का ३५ वर्षीय भोला ठाकुर (हजाम) लाई कसुर गरेको ठहर गरेको छ ।
न्यायधीश कृष्णमुरारी शिवाकोटीको इजलासले कसुर गरेको ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोक्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौड्यालले बताए ।
पीडित बालिकालाई ठाकुरले ०७५ माघ २ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ ८ गते इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी दिएका थिए ।
प्रहरीले माघ १० गते आरोपितलाई गिरफ्तार गरी फागुन ३ गते अदालतमा मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय सिजुवाका असई सुरज रायमाझीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा माघ ८ गते गरिएको थियो ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको