INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन कसुर ठहर गर्दै जनही दुई वर्ष कैदको फैसला

१७ वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले वैशाख १२ गते मायादेवी गाँउपालिका–२ का ३५ वर्षीय नसिम मुसलमान र सोही ठाँउका ४० वर्षीय इवरार अहमद मुसलमानलाई जनही दुई वर्ष कैदको फैसला गरेको छ ।

चार जनाविरूद्ध दर्ता भएको मानव बेचबिखन तथा ओसार पसार मुद्दाका अन्य दुई जना मायादेवी गाँउपालिका–२ का अफरोज अहमद मुसलमान र बालिदान मुसलमानले सफाई पाएको  जिल्ला अदालतले जनाएको छ ।

न्यायाधीश कपिलमणी गौतमको इजलासले उक्त फैसला गरेको हो । आरोपिहरूले ०७४ फागुन २६ गते भारततर्फ बेचबिखनका लागि लैजाँदै गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो