INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ७ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाइ बलात्कार गरेको कसुरमा मायादेवी गाउँपालिका–४ का ३५ वर्षीय नजाम भन्ने नजामुद्दीन मुसलवानलाई जिल्ला अदालत कपिलवस्तुले ७ वर्ष ६ महिना कैद र २५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश लोकजङ्ग शाहकोे इजलासले वैशाख ८ गते उक्त फैसला सुनाएको जिल्ला अदालतले जनाएको छ ।

पीडित बालिकालाई मुसलमानले ०७४ असोज २ गते १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला अस्पताल तौलिहवामा गरिएको थियो ।

अन्य

भिडियो