१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सिरहा नपा–१० का १९ वर्षीय विवेक कामतीलाई चैत २८ गते चारवर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए । अधिकारीका अनुसार पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला पनि भएको बताए ।
पीडित बालिकालाई ०७३ चैत २९ गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १३ गते पीडितले उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख १३ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले तत्काल आरोपित फरार भएपनि ०७३ पुस २० गते अदालतमा हाजिर भई, नाबालक प्रमाणपत्र पेश गरेपछि अदालतको आदेशमा परिवारको जमानीमा रिहा भएको जनाएको थियो ।