INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्यामा संलग्न रहेको आरोपमा पतिसहित तीन गिरफ्तार

वाणङ्गा नपा- ४ की २७ वर्षीया अनीता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका पति ३५ वर्षीय बाबुराम पौडेल (विष्णु), अर्घाखाँची जिल्ला पाणीनी गापा-२ का पोखराथोक ४२ वर्षीय श्रीहरि गौतम र रुपन्देही जिल्ला देवदह नपा-१० का ५० वर्षीय गुनाखर अधिकारीलाई चैत २१ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरिएका आरोपितहरुलाई चैत २२ गते पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । अनिताको ०७५ फागुन  १० गते राती घरमै बेहोस हुने औषधी खुवाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो । घटनामा संलग्न एक जना भने फरार रहेको बताएका छन् ।

प्रहरी प्रमुख अच्युतम पुडासैनीले पौडेल हत्याको प्रमुख कारण पारिवारिक रिसिइबी देखिएको बताए ।

अन्य

भिडियो