INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरीले बागलुङको बडिगाड गाउँपालिका–२ बस्ने ४३ वर्षीय देवबहादुर रानालाई चैत १९ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई चैत १२ गते राति यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १८ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरी पछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

आरोपित राना यसअघि कर्तव्य ज्यान कसुरमा १० वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएको समेत डिएसपी भट्टराईले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ परिक्षण चैत १९ गते धौलागिरी अञ्चल अस्पताल, गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो