राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद ४५ वर्षीय गणेश पौडेलमाथि ०८३ साउन ७ गते पहिचान नखुलेको समूहले कालो मसी छर्की दुर्व्यवहार गरेको छ । अत्तरगत गढिमाई नगरपालिका–४ पर्सामा आयोजित जनता सँग भेटघाट कार्यक्रम सकेर फर्कने क्रममा पहिचान नखुलेको समूहले पछाडिबाट एक्कासी आक्रमण गरी कालो मसि छर्केर फरार भएको पौडेलले बताउनु भयो । उनीहरुले रातो झण्डा देखाई आफूहरु मधेसी मुक्ती अभियानसँग आबद्ध समूह रहेको भन्दै भागेको पौडेलले जानकारी दिनुभयो। घटनासम्बन्धमा अनुसन्धान भइरहेको र आरोपितहरुको खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी शंकर आचार्यले बताउनुभयो ।
हत्या घटनाका आरोपित गिरफ्तार
गुजरा नगरपालिका- ५ हरिहरपुरकी ४५ वर्षीया रेणु देवी जैसवालाई धारिलो