३० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सिरहा नपा–१२ का ३० वर्षीय इलियास दफालीलाई चैत १२ गते पाँच वर्ष कैदको फैसला गरेको छ ।
न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए । अधिकारीका अनुसार पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति दिने समेत फैसला भएको छ ।
पीडित महिलालाई ०७३ पुस २ गते आरोपित दफालीले बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ४ गते उजुरी दिएका थिए ।
पीडित महिलाकोे स्वास्थ्य परीक्षण जिल्ला अस्ताल सिरहामा पुस ४ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाले आरोपित दफालीलाई पुस ४ गते नै गिरफ्तार गरेकोमा पुस २८ गतेदेखि आरोपित पुर्पक्षका लागि थुनामा रहेका थिए ।