INSEC Online

📅 २०८३ असार ३१

जिल्ला कारागार खोटाङका कैदीको मृत्यु

साकेला गाउँपालिका–४ का ३८ वर्षीय निशान राईको कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कार्यालय, खोटाङमा मृत्यु भएको छ ।

सवारी ज्यान मुद्दामा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका राईको ०८३ असार ३१ गते विहान पौने दुई बजे मृत्यु भएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले बताउनु भयो ।

बेलुकीको खाना खाएर राती पौन १ बजे विश्वकप हेर्नका लागि उठाउनु भन्दै सुतेका राई मध्य रातमा अचेत अवस्थामा फेला परेको सूचना अधिकारी कठायतले बताउनु भयो ।

तत्कालै उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको कठायतले बताउनु भयो ।

जिल्ला अस्पतालका डाक्टर पुश्कल राईले अचेत अवस्थामा अस्पताल ल्याइएका राईको पहिले नै मृत्यु भइसकेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निराजन बस्नेतले कैदीको मृत्युको विषयमा आधिकारी सूचना नपाएको बताउनु भयो ।

मृतकका आफन्त वुद्धवीर राईले प्रहरी, जिल्ला प्रशासन कार्यालय, कारागार प्रशासन, जनप्रतिनिधिलगायतको रोहवरमा पोष्टमार्टम गरिनु पर्ने माग राख्नु भएको छ । पीडित पक्षले पोष्टमार्टम नभएसम्म शव नबुझने अडान राखेको छ ।

शवको पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

कोपिलादेवी बास्तोला

अन्य

भिडियो