३० वर्षीया महिलालाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै पुथा उत्तरगंगा गाउँपालिका–५ का ३० वर्षीय सुविन्द्र घर्तीमगरलाई जिल्ला अदालतले ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले जेल सजाय सहित पीडित महिलालाई १५ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवहरी सुवेदीले जानकारी दिए ।
पीडित महिलालाई घर्तीमगरले गत असोज २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीलाई सोही दिन जानकारी गराएपछि असोज २२ गते नै मुसिकोट खलंगाबाट आरोपित गिरफ्तार भएका थिए ।