INSEC Online

📅 २०८३ असार ३०

सिंहदरबार प्रवेशमा रोक लगाएपछि नाबालकसहित निहारिका राजपुत र बिनु यादव गेटमै धर्नामा

गृह मन्त्रालयमा आफ्ना समस्या राख्न ०८३ असार २९ गते सिंहदरबार पुगेका २७ वर्षीया निहारिका राजपुत र २९ वर्षीया बिनु यादवलाई सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि सिंहदरबारको दक्षिण गेटमा धर्नामा बस्नु भएको छ ।

आफ्ना नाबालक छोरासहित राजपुत गृह मन्त्रालय प्रवेशका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की एक महिला सांसदमार्फत गेट पासको व्यवस्था गरिएतापनि सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै प्रवेश गर्न नदिएको पीडितको आरोप छ ।

सिंह दरबार प्रवेशमा रोक लगाएपछि बिनु यादवले केही समय सडकमा सुतेर विरोध जनाउनु भएको थियो भने निहारिका नाबालक छोरालाई च्यापेर वर्षाका बीच गेटनजिकै धर्नामा बस्नु भएको थियो ।

पार्वती साउद

अन्य

भिडियो