२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ का ३६ वर्षीय नरेश कुमार अधिकारीलाई ०८३ असार २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई ०८२ चैत ३० गते बलात्कार गरेको भन्दै पीडितले ०८३ वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितविरुद्ध बलात्कार तथा ठगीसम्बन्धी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमराज घिमिरेले जानकारी दिनु भएको छ । पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते जिल्ला अस्पताल सप्तरीमा गरिएको छ।