INSEC Online

📅 २०८३ असार २५

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

राक्सिराङ गाउँपालिका–९ मा एकल महिला र एक पुरुषमाथि सामूहिक कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई ०८३ असार १९ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरुमा राक्सिराङ गाउँपालिका–९ खैराङका ४५ वर्षीय होमराज स्याङ्तान, ३३ वर्षीय दिपेश थिङ, ३९ वर्षीय एकराज थिङ, २३ वर्षीया लिला स्याङ्तान र ५५ वर्षीय रामसिं थिङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीका अनुसार असार १७ गते स्थानीय गोराङ्दी खोलामा माछा मारिरहेका बेला उनीहरूले एकल महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै सार्वजनिक रूपमा अपमानजनक तथा अमानवीय व्यवहार गरेको आरोप छ ।

आरोपितहरु विरुद्ध पीडित पक्षले सोहिदिन इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएको छ । पाँचै जना आरोपितविरुद्ध जिल्ला अदालत मकवानपुरबाट असार २३ गते आठ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मञ्जिता मैनाली

अन्य

भिडियो