२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दिबारी गाउँपालिका– १ गोलधापका ५१ वर्षीय सोमनाथ सिवाकोटीलाई ०८३ असार २० गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई असार १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १९ गते प्रहरी चौकी गोलधाप, मा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असार १९ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा गरिएको छ ।