INSEC Online

📅 २०८३ असार १९

बन्दुक देखाएर मार्ने धम्की दिने घटनाका आरोपित गिरफ्तार

जन्तेढुङ्गाा गाउँपालिका–५ चिसापानीस्थित खानीडाँडाकी ७३ वर्षीया दिलमाया बुढाथोकीलाई ०८३ असार १५ गते बन्दुक देखाएर मार्ने धम्की दिएको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

लेनदेनको विषयलाई लिएर ज्येष्ठ नागरिकलाई मार्ने धम्की दिएको आरोपमा जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित खानीडाँडाका २५ वर्षीय सन्तोष राई र १८ वर्षीय सन्देश राईलाई भरूवा बन्दुकसहित असार १५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निराजन बस्नेतले बताउनु भयो ।

बन्दुक देखाएर धम्की दिएको आरोपमा एउटै घरका दुई दाजुभाइलाई गिरफ्तार गरिएको इन्स्पेक्टर बस्नेतले बताउनु भयो ।

कोपिलादेवी बाँस्तोला

अन्य

भिडियो