खाँदबारी नगरपालिका वडा नं ११ सुनखनीका ६३ वर्षीय भुवनसिहं राईलाई २८ वर्षीय छोरा सञ्जय राईले धारिलो हतियार प्रयोग गरी चैत ७ गते साँझ हत्या गरेका छन् ।
चैत ७ गते साँझ घरायसी विवाद हुँदा आरोपितले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोषकुमार राईले जानकारी दिए ।
शवको पोष्टमार्टम चैत ८ गते जिल्ला अस्पताल खादबारीमा पोष्टमाटम गरिएको छ । आरोपित फरार रहेको प्रहरीले जनायो । फरार रहेका आरोपितको खोजि कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।