INSEC Online

📅 २०८३ असार १२

नख्खु कारागारबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट फरार भएका ५० वर्षीय पुरुषलाई प्रहरीले ०८३ असार १० गते गिरफ्तार गरेको छ ।

१५ वर्षीया छोरीलाई ०८१ चैत ११ गते बलात्कार गरेको आरोपमा हाडनाता करणी मुद्दामा १७ वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिवाना फैसला भएका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१ कोपुण्डोलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयनका लागि उनलाई नख्खु कारगार बुझाइएको प्रहरीले जनाएको छ ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो