INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नारायण नगरपालिका–४ बिन्ध्यवासिनीका १९ वर्षीय राजेशकुमार सिंहलाई चैत ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २ गते दाउरा लिन गएको सालघारी जंगलमा यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले चैत ३ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनायो । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ३ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो