१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ।
बाबुद्वारा बालिका पटकपटक बलात्कारमा परेको र बालिकाले ०८३ वैशाखमा शिशुलाई जन्म दिएपछि नवजात शिशुको हत्या समेत गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको प्रहरी जनाएको छ।
लुकीछिपी बस्दै आएका आरोपितलाई प्रहरीले ०८३ असार ३ गते इलामको सूर्योदय नगरपालिका ३ फिक्कलबाट गिरफ्तार गरेको जनाएको छ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा गरिएको छ।