INSEC Online

📅 २०८३ असार १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुजरा नगरपालिका –९ का  ५० वर्षीय जाहिर मनसुरीलाई ०८३ असार ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले  लामो समयदेखि बिरामी रहेकी  बालिकालाई भुत चढेकोले झार्नुपर्छ भनी एक्लै बन्द कोठामा राखेर ०८२ असोज  २८ गते देखि पटक पटक बलात्कार गरेको भन्दै पीडत परिवारले असार ९ गते प्रहरीमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असार ९ गते नगर अस्पताल चन्द्रनियापुरमा गरिएको छ । घटनासम्बन्धमा अनुसन्धान भइरहेको डिएसपि रुपा लाबुङ्गले जानकारी दिनु भयो ।

गौरी न्यौपाने

अन्य

भिडियो