INSEC Online

📅 २०८३ असार ११

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया मुना कुमालको हत्या गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–५ रजस्थलका ४१ वर्षीय यम बहादुर कुमाललाई प्रहरीले ०८३ असार १० गते गिरफ्तार गरेको छ ।

आरोपितले मादक पदार्थ सेवन गरेर असार ९ गते राति पत्नीलाई दाउराको धारिलो चिरपट प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा, गुल्मीमा उजुरी दिएका थिए । शवको पोष्टमार्टम असार १० गते गुल्मी अस्पताल तम्घासमा गरिएको छ ।

६ महिनाको अवधिमा इस्मा गाउँपालिकामा मात्रै तीन जनाको हत्या भएको छ ।

टोपलाल अर्याल

अन्य

भिडियो