अलैँची व्यवसायी सुनिलकुमार विन्दललाई अपहरण गरेको कसुरमा जिल्ला अदालतले १४ जनालाई कैद सजाय सुनाएको छ ।
०७१ माघ १८ गते काँकडभिट्टाबाट व्यवसायी विन्दललाई अपहरण गरी ३० करोड भारतीय रुपियाँ फिरौती माग्ने भारत असामका फौदसिंह तामाङसहित १३ जनालाई अदालतले फागुन २७ गते कैद सजाय तोकेको हो ।
न्यायाधीश प्रमोद पोखरेलको इजलासले घटनाका मुख्य आरोपित फौदसिंह तामाङलाई २० वर्ष कैद र अन्यलाई १५ वर्ष कैद सजाय तोकिएको छ ।
सजाय पाउनेहरूमा मेचीनगर नपा–१० का बजरङ्ग पन्सारी, विर्तामोड नपा–७ का केशव फुयाँल, भारत आसमका राजकुमार थापा, धरमपुर पानवारीका भुवन कार्की, शेखरराज पाण्डे, हर्क कन्दङ्गवालगायत छन् ।
अपहरणमा परेका व्यवसायीलाई उद्घार गर्ने क्रममा प्रहरी र अपहरणकारीबीच ०७१ माघ २३ गते धरमपुरमा गोली हानाहान भएको थियो ।
प्रहरीले आरोपितहरूविरूद्घ माघ २३ गते जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी कारवाही अघि बढाएको थियो ।