INSEC Online

📅 २०८३ असार १०

रास्वपा जिल्ला अधिवेशनमा झड्प, दुई जना घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सा जिल्ला अधिवेशन अघि प्रतिनिधि छनोटकै क्रममा विवाद भई झडप हुँदा वीरगन्ज महानगरपालिका– १४ पिपराका ३२ वर्षीय महादेवप्रसाद कुर्मी र २९ वर्षीय गौतम श्रेष्ठ घाइते भएका छन् । उनीहरुको वीरगन्ज स्थित नारायणी अस्पतालमा प्राथमिक उपचार भयो ।

झडपमा संलग्न मध्ये वीरगन्ज महानगरपालिका–३२ का २९ वर्षीय ज्ञानेन्द्र मल्ललाई प्रहरीले गिरफ्तार गरी दुई घण्टापछि रिहा गरेको पर्सा प्रहरी नायव उपरिक्षक हरि बहादुर बस्नेतले बताउनु भयो ।

पार्टी सदस्य महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधीर पटेललगायतले मधेश प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्त पक्षले पार्टीको विधान र पद्धति विपरित आफू निकट व्यक्तिलाई बढी प्रतिनिधि बनाएको भनी प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउँदै अधिवेशन स्थगित गर्न माग गरेका थिए ।

तुलसी भण्डारी

अन्य

भिडियो