१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने भारत मोतिहारी घर भएका ५४ वर्षीय रमेश साहलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपित विरुद्ध जिल्ला प्रहरी परिसर जावलाखेलमा जेठ १५ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एवम् एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १६ गते पाटन अस्पतालमा गरिएको छ।
आरोपितलाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनसुन्धान गरिरहेको प्रहरीले बताएको छ ।