नवलपरासी मध्यविन्दु नगरपालिका– १५ का ५५ वर्षीय दल बहादुर कुमालको हत्या गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले १६ वर्षीय र १७ वर्षीय बालकलाई १६ वर्ष आठ महिना कैद सजाय गर्ने फैसला गरेको छ ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश रमेश शर्मा पौडेलको ०८३ वैशाख २७ गतेको इजलासले आरोपितहरुलाई कसुर ठहर गर्दै १६ वर्ष आठ महिना कैद सजाय, १ लाख ६७ हजार रुपियाँ हकवालालाई भराई दिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभएको छ ।
आरोपितहरुले पीडितलाई ०८२ वैशाख ५ गते कुटपिट गरेको र कुटपिटका कारण वैशाख २१ गते उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको भन्दै पीडित पक्षले वैशाख २२ गते नै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख २२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको थियो । प्रहरीले आरोपितलाई वैशाख ५ गते गिरफ्तार गरेको थियो ।