वीरगन्ज महानगरपालिका –१० बजरंग टोल बस्ने ४२ वर्षीया हलसियादेवी तत्माको हत्या गरेको आरोपमा प्रहरीले पति ४५ वर्षीय राम नारायण दास तत्मालाई ०८३ जेठ १६ गते गिरफ्तार गरेको छ ।
महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका– ७ घर भई वीरगन्ज बस्दै आएका तत्माले जेठ १ गते मादक पदार्थ सेवन गरी फलामको गल प्रहार गरी पत्नीको हत्या गरेका थिए । आरोपितलाई महोत्तरी स्थित घरबाट गिरफ्तार गरिएको पर्साका डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो। उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।