INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कुसरमा ६ वर्षको कैद फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई ६ वर्ष कैदको फैसला सुनाएको छ ।

न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले जबरजस्ती करणीमा पाँच वर्ष र हाडनाता करणीमा एक वर्ष कैद फैसला फागुन २६ गते सुनाएको जिल्ला न्यायधिवक्ता जयप्रसाद धितालले जानकारी दिए ।

उमेर कम भएकाले कसुरदार दासलाई डोटी जिल्लाको बाल सुधार गृहमा राखिने भएको धितालको भनाइ छ ।

पीडित बालिकालाई आरोपितले असार २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २८ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिककाको स्वास्थ्य परीक्षण असार २८ गते गरी जिल्ला अस्पतालमा एक हप्तासम्म उपचार गरिएको थियो ।

आरोपित भारत गएकोले परिवारको सहयोगमा बोलाएर साँफेबगर नगरपालिका–१० घुगुरकोटबाट साउन ८ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो