INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबिवाह गरेको कसुरमा तीन वर्ष कैद सजाय

१७ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा सर्लाही जिल्ला अदालतले बरहथवा नगरपालिका–९ का १८ वर्षीय विनोद कुमार महतोलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको ०८३ जेठ १२ गतेको इजलासले आरोपितलाई बालविवाह गरेको आरोपमा कसुरदार ठहर गर्दै तीन वर्ष कैद सजायको फैसला गरेको श्रेस्तेदार ज्ञानबहादुर खत्रीले जानकारी दिनुभयो ।

आरोपितले ०८२ पुस २ गते बालिकासँग बालविवाह गरेको भन्दै पीडित पक्षले महतोविरुद्ध पुस २८ गते सर्लाही जिल्ला अदालत मलंगवामा दर्ता गरेको थियो ।

बुधन साह

अन्य

भिडियो