बिर्तामोड नगरपालिका- १ वरपिपल चोककी ३५ वर्षीया मला मर्डी र १६ वर्षीया बालिका विनिता मर्डी खुकुरी प्रहारबाट घाइते भएका छन् ।
घरायसी विवादका क्रममा ०८३ जेठ १४ गते ३६ वर्षीय बुद्धिलाल मुर्मले पत्नी र छोरीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो ।
खुकुरी प्रहारबाट घाइते दुवै जनाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि फरार भएका आरोपितको खोजी थालिएको इलाका प्रहरी कार्यालय, विर्तामोडले जनाएको छ ।