INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी प्रहारबाट पत्नी र छोरी घाइते, आरोपित फरार

बिर्तामोड नगरपालिका- १ वरपिपल चोककी ३५ वर्षीया मला मर्डी र १६ वर्षीया बालिका  विनिता मर्डी खुकुरी प्रहारबाट घाइते भएका छन् ।

घरायसी विवादका क्रममा ०८३ जेठ १४ गते ३६ वर्षीय बुद्धिलाल मुर्मले पत्नी र छोरीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो ।

खुकुरी प्रहारबाट घाइते दुवै जनाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि फरार भएका आरोपितको खोजी थालिएको इलाका प्रहरी कार्यालय, विर्तामोडले जनाएको छ ।

नरेश खाती

अन्य

भिडियो