जलेश्वर नगरपालिका–१२ थरुवाहीका १२ वर्षीय गौतम यादव ०८३ जेठ ७ गतेदेखि अपहरणमा परेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ १२ गते उजुरी दिएका छन्।
बालक बिहान घरबाट सोही ठाउँमा रहेको एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जान भनेर निस्किएका थिए। परिवारका अनुसार विद्यालयबाट छोरा घर नफर्केपछि विद्यालय प्रशासनसँग सम्पर्क गर्दा उनी उक्त दिन विद्यालय नै नआएको जानकारी दिए। विभिन्न स्थानमा खोजी गर्दा पनि बालक नभेटिएको बुबा आशुतोष यादवले बताउनुभयो । बालकको अपहरण भएको वा बेचबिखनमा परेको हुन सक्ने आशंका भएकोले खोजतलास भइरहेको डिएसपी श्याम कुमार सारूले बताउनुभयो।