INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

साकेला गाउँपालिका- १ धारिमकी २८ वर्षीया शान्ति चर्मकार राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति राजकुमार राईलाई  ०८३ जेठ ११ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले जेठ ८ गते कुटपिट गरी पत्नीको हत्या गरेका थिए ।

पीडित पक्षले सोहीदिन घटनाका विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

अनुसन्धानका क्रममा आरोपितले कुटपिट गरी पत्नीको हत्या गरेको पुष्टिपछि जिल्ला अदालतमा जेठ ११ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निराजन बस्नेतले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा जेठ ९ गते गरिएको थियो । पीडित पक्षले जेठ १० गते शव बुझी सद्गत गरेको छ ।

कोपिलादेवी बाँस्तोला

अन्य

भिडियो