INSEC Online

📅 २०८३ जेष्ठ २१

सुन्धारा कारागारबाट फरार कैदी गिरफ्तार

काठमाडौं । केन्द्रीय कारागार, सुन्धारास्थित महिला बन्दीगृहबाट फरार भएकी नुवाकोट जिल्ला विदुर नगरपालिका–१३ की २५ वर्षीया सपना तामाङलाई प्रहरीले ०८३ जेठ ३ गते गिरफ्तार गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असनस्थित डेराबाट गिरफ्तार गरेको हो ।

अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा जन्मकैद सजाय भुक्तान गरिरहेकी तामाङ जेठ १ गते कारागारको पर्खाल नाघेर फरार भएकी थिइन् ।

प्रहरीका अनुसार फरार तामाङलाई सहयोग गरेको आरोपमा भोजपुर जिल्ला घर भई असनमा बस्दै आएका २६ वर्षीय समीर श्रेष्ठलाई पनि जेठ ३ गते गिरफ्तार गरिएको छ ।
सपना तामाङ यसअघि पनि नवयुवा पुस्ता आन्दोलनका क्रममा फरार भएकोमा दुई महिनापछि गिरफ्तार गरिएको थियो ।

अनमोल पन्त

अन्य

भिडियो