INSEC Online

📅 २०८३ जेष्ठ २१

तुलसीपुर कारागारका ६७ कैदी अझै फरार

नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कारागार कार्यालय तुलसीपुरबाट फरार भएका २ सय ५३ जना कैदीमध्ये अझै ६७ जना अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

फरार रहेका मध्ये एक जनाको फरार अवस्थामै मृत्यु भएको थियो भने १ सय ८५ जना पुनः कारागार फर्काइएको निमित्त कार्यालय प्रमुख रम्भा केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार फरारमध्ये अधिकांशलाई प्रहरीले विभिन्न जिल्लाबाट गिरफ्तार गरी पुनः कारागार पठाएको हो । हालसम्म ६७ जना भने अझै सम्पर्कविहीन रहेको र उनीहरूको खोजी कार्य जारी रहेको कारागार प्रशासनले जनाएको छ ।

जयनारायण पुन

अन्य

भिडियो