नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट फरार भएका बन्दीपुर गाउँपालिका–१ का २९ वर्षीय अर्जुन परियारलाई प्रहरीले ०८३ वैशाख २८ गते गिरफ्तार गरेको छ ।
परियारलाई इलाका प्रहरी कार्यालय डुम्रेबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–१ को डुम्रे बजारबाट गिरफ्तार गरेको हो ।
परियारलाई सजाय भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले बताउनुभयो ।
परियार बलात्कार मुद्धामा कैद भुक्तान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।