INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ कारागार फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट फरार भएका बन्दीपुर गाउँपालिका–१ का २९ वर्षीय अर्जुन परियारलाई प्रहरीले ०८३ वैशाख २८ गते गिरफ्तार गरेको छ ।

परियारलाई इलाका प्रहरी कार्यालय डुम्रेबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–१ को डुम्रे बजारबाट गिरफ्‌तार गरेको हो ।

परियारलाई सजाय भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्रवणकुमार विकले बताउनुभयो ।

परियार बलात्कार मुद्धामा कैद भुक्तान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो