INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको ०८३ वैशाख २३ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।

अदालतले कसुरदार मिथिला बिहारी नगरपालिका–१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई जन्मकैदको फैसला गर्दै ३ लाख रुपियाँ क्षतिपूर्तिको आदेश गरेको हो । आरोपितले बालिकालाई ०७८ फागुन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण फागुन ३० गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको थियो ।

 सन्तोष कुमार यादव

अन्य

भिडियो