INSEC Online

📅 २०८३ जेष्ठ २२

नख्खु कारागारबाट फरार कैदी गिरफ्तार

नख्खु कारागारबाट फरार भएका ४१ वर्षीय आनन्द थापा मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् एस्‌पी गौतम मिश्रले जानकारी दिनुभयो ।

लागुऔषध मुद्दाको पुर्पक्षका लागि कारागार चलान भएका मगर नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कारागारबाट भागेका थिए ।

काठमाडौंको बौद्ध घर भएका थापालाई केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको प्रहरीले जनाएको छ ।

दीपकप्रसाद घिमिरे

अन्य

भिडियो